जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले खारेज गर्यो मनि चेञ्जर कारोबार गर्ने ५ कम्पनीको लाइसेन्स

राष्ट्र बैंकले खारेज गर्यो मनि चेञ्जर कारोबार गर्ने ५ कम्पनीको लाइसेन्स

नेपाल राष्ट्र बैंकले आधा दर्जन मनिचेञ्चरको इजाजतपत्र (लाइसेन्स) रद्द गरिदिएको छ । केन्द्रिीय बैंकले मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ वटा कम्पनीको लाइसेन्स रद्द गरिदिएको हो ।

राष्ट्र बैंकका अनुसार काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज प्रा.लि., भक्तपुर तौमढीको न्यातपोल मनि एक्सेञ्ज प्रा.लि., काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाइकुण्डको ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंको रुट नेपाल मनि एक्सचेञ्जको लाइसेन्स रद्द भएको छ ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका