जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कांग्रेस सांसद माया राईलाई धरौटीमा छोड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई धरौटीमा छोड्न अदालतको आदेश

सहकारी ठगीको मुद्दा खेपिरहेकी सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंले राईलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न बुधबार आदेश दिएको हो। उनलाई दुई साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी ठगीमा पक्राउ गरेको थियो।

राईमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको अभियोग छ। कांग्रेसकी समानुपातिक सांसद उनले सहकारीको संचालकका रुपमा काम गरेकी थिइन्।

सहकारी ठगी प्रकरण बाहिरिएपछि राई फरार भएकी थिइन्। प्रहरीको फरार सूचीमा रहँदा पनि उनले संसद् सचिवालयबाट तलब सुविधा बुझ्दै आएकी थिइन्।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका