जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अजोड इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जन एक अर्ब २ करोड

अजोड इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जन एक अर्ब २ करोड

अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ७७/ ७८  को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । पछिल्लो समय आएका तीन नयाँ निर्जीवन बीमा कम्पनी र केहि पुराना कम्पनीलाई नै उछिनेर कम्पनीले निर्जीवन बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ६० करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन सँगै कम्पनीको मुनाफा पनि ७३.८७ प्रतिशतले बढेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले तीन करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो ।

मुनाफामा सुधार सँगै कम्पनीको जगेडा कोष १२६ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी पनि ७० करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुगेको छ । त्यस्तो बीमा कोष ९३ प्रतिशतले बढेर ९ करोड २९ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

खुद बीमा शुल्क आर्जन भने ६१ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिसन बापत १३ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अभिकर्त कमिसन पनि तीन करोड १० लाख खर्च भएको छ । कम्पनीले जारी गरेको पोलिसी संख्या ४९ प्रतिशतले बढेको छ । यसै अवधिमा कम्पनीले एक लाख ५ हजार वटा पोलिसी जारी गरेको छ । ३० करोड रुपैयाँले चुक्ता पूँजी बढ्दा पनि प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर ८ रुपैयाँ थियो । नेटवर्थ ११७ रुपैयाँ छ।

4185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका