जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई मार्फत रेमिट्यान्स गर्दा १०० बोनस पाइने

आइएमई मार्फत रेमिट्यान्स गर्दा १०० बोनस पाइने

‘आइएमईपे’मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दाअब ग्राहक वर्गले  १०० रुपैयाँ बोनस पाउने भएका छन् ।

आइएमई पेले आइएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ।साथै पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहक वर्गलाई ५० रुपैयाँ बोनस दिदै आईरहेको कम्पनीले दावी गरेको छ।

यसै क्रममा अब ग्राहक वर्गले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वको जुन सुकै स्थानबाट मनीग्राम, इन्स्ट्यान्टक्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइ डक्यास एक्स्प्रेस र इजीरेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहकवर्गले १०० रुपैयाँ बोनस पाउने छन् ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका