जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • निषेधाज्ञा अवधिभर कर नतिरे जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

निषेधाज्ञा अवधिभर कर नतिरे जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिभर कर विवरण नबुझाए वा कर रकम नतिरे त्यसको जरिवाना वा हर्जाना नतिराउन सरकारका नाममा सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार अर्थमन्त्रालयका नाममा यस्तो आदेश दिएको हो ।

‘निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विववरण र कर दाखिला नगरेमा जरिवाना नगर्नु/नगराउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

अदालतले निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर विवरण वा कर रकम बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ ।

‘हाल नेपालमा कोरोना महामारीको दोस्रो लहर भयावह रुपमा फैलँदै गएकाले कोभिड संक्रमणको दर व्यापक रुपमा बढ्दै गएको देखिँदा करदाताहरुसमेत यस समस्याबाट अछुतो रहन सकेका छैनन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

6955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका