जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ११ ब्रोकरले पाए २० ठाउँमा नयाँ शाखा खोल्ने अनुमति (सूचीसहित)

११ ब्रोकरले पाए २० ठाउँमा नयाँ शाखा खोल्ने अनुमति (सूचीसहित)

नेपाल धितोपत्र बोर्डले एक साथ ११ ब्रोकरलाई नयाँ शाखा खोल्ने अनुमति प्रदान गरेको छ । बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता मुक्तिनाथ श्रेष्ठले ११ ब्रोकर कम्पनीलाई २० वटा शाखा खोल्ने अनुमति प्रदान गरिएको बताए ।

उनका अनुसार एक ब्रोकरलाई एक भन्दा बढी शाखा खोल्ने अनुमति दिईएकोले ब्रोकर भन्दा शाखा संख्या बढी भएको हो । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार शाखा खोल्ने अनुमति प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए।

 

हेर्नुस् कुन कम्पनीले कहाँ पायो शाखा खोल्ने अनुमति ?

१. भिजन सेक्यूरिटिज प्रा. लि. : कपिलवस्तु जिल्लाको चन्द्रौटा, ईलाम जिल्लाको ईलाम बजार, कैलाली जिल्लाको टिकापुर

२. कालिका सेक्यूरिटिज प्रा. लि: महोत्तरी जिल्लाको वर्दिबास

३. त्रिशक्ति सेक्यूरिटिज पब्लिक लिमिटेड: कञ्चनपुर जिल्लाको महेन्द्रनगर

४. निभ सेक्यूरिटिज प्रा.लि: सर्लाहि जिल्लाको हरिवन, कैलाली जिल्लाको अत्तरिया

५. भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि: पर्सा जिल्लाको विरगंज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको वर्दिबास, म्याग्दी जिल्लाको बेनी, दोलखा जिल्लाको चरिकोट

६. ईम्पेरियल सेक्यूरिटिज कम्पनी (प्रा.) लि: धादिङ्ग जिल्लाको धादिङ्गवेशी

७. थ्राईभ ब्रोकरेज हाउस प्रा. लि: तनहुँ जिल्लाको दमौली

८. सुन्धारा सेक्यूरिटिज लि: बारा जिल्लाको सिमरा, चितवन जिल्लाको पर्सा

९. क्रियटिभ सेक्यूरिटिज प्रा.लि: पाल्पा जिल्लाको तानसेन

१०. आशुतोष सेक्यूरिटिज प्रा. लि : सिराहा जिल्लाको मिरचैया

११. मिडास स्टक ब्रोकिङ्ग कम्पनी प्र. लि: गोरखा जिल्लाको गोरखा बजार

1535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका