जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकको ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना सञ्चालन

सिद्धार्थ बैंकको ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना सञ्चालन

सिद्धार्थ बैंक लिमिटेडले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको हो ।

यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ । बैंकले यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको छ ।

योजना बारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ । यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पुरा गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका