जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन गर्दै

शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन गर्दै

शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनका लागि रेटिङ गरेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्रा एपि आर ए’ प्राप्त गरेको छ । उक्त रेटिङ अनुसार कम्पनीले समयमा आफ्ना वित्तीय दायित्व पुरा गरेको खण्डमा कम्पनीको हकप्रद सुरक्षित रहेको जनाउदछ । उक्त रेटिङले कम्पनीको क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा समितिबाट अनुमति पाइसकेको छ । गत वर्ष कम्पनीले दिएको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद शेयर निष्कासन गर्दै  छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।

9550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका