जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • प्रभु बैंकको चार अर्ब रुपैयाँको ऋणपत्र मंगलबारबाट बिक्रीमा

प्रभु बैंकको चार अर्ब रुपैयाँको ऋणपत्र मंगलबारबाट बिक्रीमा

प्रभु बैंकले मंगलबारबाट ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने छ।

ब्याजको भुक्तानी प्रत्येक तीन तीन महिनामा हुने छ। ऋणपत्रको अवधि १० वर्षको हुने ।

अंकित मूल्य एक हजार रुपैयाँको ऋणपत्र कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।

४ अर्बको ऋणपत्रमध्ये एक अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणलाई छुट्याइएको छ। यसैभित्रबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइने छ।

बाँकी रहेको २ अर्ब ४० करोड ऋणपत्र विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुलाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिने छ।

ऋणपत्र खरिदका लागि आवेदन १६ गतेभित्र दिइसक्नु पर्छ। ऋणपत्रका लागि बढीमा १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ।

7645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका