जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गल्फ लुब्रिकेन्ट्सले दसैँ यात्रुलाई लक्षित गरी कार र मोटरसाइकलको ‘फ्री चेक-अप क्याम्प’ सञ्चालन गर्ने

गल्फ लुब्रिकेन्ट्सले दसैँ यात्रुलाई लक्षित गरी कार र मोटरसाइकलको ‘फ्री चेक-अप क्याम्प’ सञ्चालन गर्ने

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दसैँमा आ-आफ्नो घर फर्किने यात्रुलाई लक्षित गर्दै चारपांग्रे र दुइपांग्रे सवारीसाधन ‘फ्री चेक-आप क्याम्प’ आयोजना गर्ने भएको छ।

कम्पनीले उक्त क्याम्प भोलि असोज १३ देखि असोज १५ सम्म आयोजना गर्नेछ। ‘नेपालीको महान चाड दसैँका अवसरमा हामीमध्ये धेरैजना सडकबाट निजी सवारीसाधनमा घर फर्किनेछौँ। सो यात्रा आरामदायी बनाउन हामीले महत्वपूर्ण ठाउँहरु पहिचान गरी त्यहाँ फ्री चेक-अप क्याम्प आयोजना गर्दैछौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मलेखु, हेटौँडा, कावासोती, खुर्कोट, बर्दिबास, कोहलपुर, अत्तरिया, लौकी, इटहरीमा क्याम्प स्थापना गरिएको छ। सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १०% सम्म छुट र स्पेयर पार्ट्समा १०% सम्म छुट पनि दिनेछ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।

3770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका