जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा डेढ करोड रुपैयाँ योगदान

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा डेढ करोड रुपैयाँ योगदान

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारको पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। अर्थमन्त्रालयमा मंगलबार कम्पनीका तर्फबाट सहयोग रकमको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्री रामेश्वर खनालले चेक बुझ्दै कम्पनीलाई धन्यवाद दिए। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा सिंहदरबारसँगै सरकारी भौतिक संरचनामा ठूलो क्षति भएको थियो। आगजनी र तोडफोडबाट सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गर्दै योगदान गर्न सबैलाई आह्वान गरेको छ।

‘राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग स्वरुप १ करोड ५० लाख प्रदान गर्ने निर्णयअनुसार सहयोग गरिएको’ कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

छुटाउनु भयो कि?