जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अब एउटै बैंक एकाउण्टबाट एकभन्दा बढी एटिएम कार्ड लिन पाउने

अब एउटै बैंक एकाउण्टबाट एकभन्दा बढी एटिएम कार्ड लिन पाउने

अब एउटै बैंक एकाउन्टमा एकभन्दा बढी एटिएम कार्ड लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले व्यक्तिको एउटा खाताबाट सोही प्रकृतिको कार्ड आवश्यकअनुसार जारी गर्न पाउने व्यवस्था गरेको हो। हालसम्म नियामकीय प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिको एउटा खाताबाट एकभन्दा बढी एटिएम कार्ड (पूरक कार्ड) जारी गर्न पाउँदैन थिए। तर, राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बुधबार एकीकृत निर्देशन २०८० मा संशोधन तथा परिमार्जन गर्दै पुरानो व्यवस्था हटाएको हो।

जारी निर्देशनमा भनिएको छ ‘प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड)को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन। तर, डोमेस्टिक कार्ड स्किमअन्तर्गतका कार्डहरू जारी गर्दा यो व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन।’

उल्लेखित व्यवस्थाअनाुसार बैंकहरूले स्वदेशी कार्डहरू एउटै खातामा एकभन्दा बढी जारी गर्न पाउने विभागका प्रमुख किरण पण्डितले बताए। ‘एकभन्दा बढी डोमेस्टिक कार्ड जारी गर्न बाधा छैन्। तर, कारोबार सीमा भने खातामा मौज्दात रकमको आधारमा हुनेछ,’ उनले भने।

राष्ट्र बैंकले प्रिपेड, डेबिड, क्रेडिट कार्डको दैनिक कारोबार सीमा तोकेको छ। जसमा प्रति कारोबार प्रिपेड कार्डको १० हजार र डेबिटको २५ हजार रहेको छ। साथै, यस्तो कार्डमा प्रतिदिन प्रिपेड कार्डको २० हजार र डेबिटको १ लाख र प्रतिमहिना प्रिपेड कार्डको २ लाख डेबिटको ४ लाख रुपैयाँ रहेको छ। क्रेडिटको सम्बन्धित बैंकले स्वीकृत गरेअनुसार १० प्रतिशत रहेको छ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका