जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते

सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको बैशाख ३१ गते सम्पन्न संचालक समितिको बैंठकले उक्त सभाको गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पेश गर्ने,आर्थिक वर्ष २०७५ /७६ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान तथा नगद प्रवाह तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने प्रस्ता रेहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६÷ ७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

त्यसैगरी सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन्।

7915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका