जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोर्खाज फाइनान्सको शेयरमूल्य एक महीनामा ११६% ले वृद्धि

गोर्खाज फाइनान्सको शेयरमूल्य एक महीनामा ११६% ले वृद्धि

गोर्खाज फाइनान्स लिमिटेडको शेयरमूल्य एक महीनाको कारोबार अवधिमा ११६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य वैशाख २० गते प्रतिकित्ता रू. ४७१ रहेकोमा जेठ २० गते प्रतिकित्ता रू. १ हजार २० पुगेको हो । यस हिसाबमा एक महीना अगाडि लगानी गरेर शेयर विक्री गर्ने लगानीकर्ताले सत प्रतिशत भन्दा बढी प्रतिफल प्राप्त गरेका छन् ।

बिहीवार कम्पनीको १ लाख १ हजार ४०५ कित्ता शेयर खरीदविक्री भएको छ । उक्त दिन कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६८ प्रतिशतले वृद्धि भएको हो ।

यस कम्पनीको शेयर केही ठूला लगानीकर्ताले बढाएको देखिन्छ । यसो त यस कम्पनीको वित्तीय अवस्था पनि राम्रो रहेको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २७ करोड ३७ लाख ५२ हजार नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा २६६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. ७ करोड ४६ लाख ५८ हजार नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४७ रहेकोमा चालू आवमा वृद्धि भएर रू. ४२ दशमलव शून्य ५ पुगेको हो । त्यस्तै, कम्पनीको वितरणयोग्य नाफा रू. २६ करोड २६ लाख ९० हजार रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले यही वितरणयोग्य नाफाबाट लाभांश वितरण गर्ने गर्दछ । यस आधारमा कम्पनीको लाभांश क्षमता ३० दशमलव २६ प्रतिशत रहेको छ ।

6870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका