जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थमन्त्री र गभर्नरसँग देशको आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको छलफल

अर्थमन्त्री र गभर्नरसँग देशको आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। बुधवार बिहान प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको अवस्थाबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको उनको निजी सचिवालयले जनाएको छ।

प्रचण्डले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्न सुझाव दिएका थिए। छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पुँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन्।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका