जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शेष र जमुना घलेको फाउण्डेसनबाट कोरोना प्रभावितलाई ३ करोड रुपैयाँका स्वास्थ्य सामाग्री सहयोग

शेष र जमुना घलेको फाउण्डेसनबाट कोरोना प्रभावितलाई ३ करोड रुपैयाँका स्वास्थ्य सामाग्री सहयोग

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको छ। शनिबार साँझ काठमाडौं आइपुगेका स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण गर्न लागिएको हो।

फाउण्डेसनले गत बर्ष कोरोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो। योसमेत फाउण्डेसनले कोरोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ।

कोरोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका