जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रवार  भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

सभाले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेकोे थियो भने चालू आवको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेको जानकारी दिइएको थियो ।

4430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका