जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ म्युचुअल फण्डले खुलामुखी लगानी योजना असार १६ बाट जारी गर्दै

सिद्धार्थ म्युचुअल फण्डले खुलामुखी लगानी योजना असार १६ बाट जारी गर्दै

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिद्धार्थ व्यवस्थित लगानी योजना असार १६ गतेबाट जारी हुने भएको छ।

सिद्धार्थ बैंक कोष प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको म्युचुअल फण्डका इकाइहरु असार २० गतेसम्म जारी गरिने छ।

अंकित मूल्य १० रुपैयाँ दरको इकाइमा खरिदकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ। बढीमा २० लाख इकाइसम्म आवेदन दिन सकिन्छ।

यो खुलामुखी इकाइ हो। सुरुमा २ करोड थान इकाइ निष्कासन गरिने छ। निष्कासन गरिएको इकाइ बाँडफाँटपछि खुद सम्पत्ति मूल्यका आधारमा अंकित मूल्यमा दैनिक खुद सम्पत्ति मूल्य गणना गरी त्यसैमा पुनर्खरिद गरिने छ।

२ अर्बको ५ प्रतिशत योजना ब्यवस्थापक र १० प्रतिशत सिद्धार्थ बैंकले पुँजीको रूपमा लगानी गर्ने छन्। बाँकीमा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

4935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका