जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कोरोनाबाट मृत्यु भएको परिवारलाई सानिमा लाइफद्धारा १० लाख ३५ हजार दाबी भुक्तानी

कोरोनाबाट मृत्यु भएको परिवारलाई सानिमा लाइफद्धारा १० लाख ३५ हजार दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृतकको परिवारलाई १० लाख ३५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको निधनपछि उनका छोरा राहुल श्रीवास्तवलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्स कम्पनी वीरगञ्ज शाखाका शाखा प्रमुख नविन रसुल अन्सारीले मृतकको परिवारको घरमै पुगी सो रकम बराबरको चेक हस्तारण गरेका हुन् ।

सुनिताले सानिमा इन्स्योरेन्स कम्पनीको वीरगञ्ज शाखामा बरिष्ठ एजेन्सी म्यानेजर धनजित गिरी मार्फत २०७७ कार्तिक १ गते १० लाखको बीवन बीमा गराएकी थिइन । उनले बीमा गरेको प्रथम किस्ता वापतको ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन ।

कोरोना संक्रमणले २०७८ बैशाख २३ गते उनको मृत्यु भए पश्चात बीमाङक रकम १० लाख र बोनश ३५ हजार थप गरी कुल १० लाख ३५ हजारको चेक उनको परिवारलाई दिएको कम्पनीले जनाएको छ

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका दाबी विभाग प्रमुख गुणराज श्रेष्ठले भने, “सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दाबी परेको अवस्थामा दाबी रकम आफ्ना बीमितहरुलाई छिटो र छरितो रुपमा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि कम्पनीले अझ छिटो र उत्कृष्ट सेवा प्रदान गर्दै जानेछ ।”

8220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका