जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फोनपेको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

फोनपेको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

भुक्तानी प्रणाली संचालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन्।

ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले कम्पनीमा स्वागत गरेका छन्। 

ठकुरी नबिल बैंकमा १८ वर्षभन्दा बढीदेखि सक्रिय थिए। ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको कम्पनीले जनाएको छ। उनीसँग सेल्स तथा मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रमा आठ वर्षभन्दा बढीको अनुभव छ। फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट छन्। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन् ।

4040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका