जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमालयनमा सिभिल बैंक गाभिने,सम्झौतापत्रमा हस्ताक्षर

हिमालयनमा सिभिल बैंक गाभिने,सम्झौतापत्रमा हस्ताक्षर

हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एक्विजेशनपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीइओ अशोक राणा हुने गरेर एक्विजेशन पत्रमा हस्ताक्षर भएको हो ।

हिमालयन बैंकले १००:८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो । अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुने छ । एक्विजेशन भएको हुँदा दोस्रो बजारमा सिभिल बैंकको मात्र सेयर कारोबार रोक्का हुने छ ।

मंगलबार मध्यरातमा हिमालयन बैंक र सिभिलका सञ्चालकबीच एक्विजेशनमा जानेमा कुरा मिलेको हो । यसअघि हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा जाने प्रस्ताव साधारणसभाबाट अस्वीकार गरेको थियो ।

2565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका