जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको एक सुचजा जारी गर्दै जनाएको छ ।

उक्त शेयरको मूल्य प्रतिकित्ता ४२१ दशमलव ६३ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको हुँदा शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

7215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका