जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यूनियन लाइफको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक

यूनियन लाइफको ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने छन् ।

बीमितले पहिलो तीन वर्षमा १५ प्रतिशत, त्यस पछि १५ प्रतिशत अग्रिम दाबी भुक्तानी पाउन सक्नेछन् । यो बीमा पोलिसी ९, १२, १५ र १८ वर्ष अवधिको लागि खरिद गर्न सकिनेछ । पोलिसी खरिदकर्ताले बीमा अवधि समाप्त हुनु भन्दा अगाडीसम्म ७० प्रतिशत भुक्तानी पाइसेक्ने छन् । जसमा बीमाङ्क रकम तथा आर्जित बोनस समेत रहनेछ । बीमा अवधि समाप्त भए पछि भने बाँकी रहेको ३० प्रतिशत र आर्जित बोनस प्राप्त गर्ने छन्

कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरुदेखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । न्यूनतम ५० हजार रुपैयाँदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने छन् ।

न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको छ ।

प्रत्येक तिन बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने ब्यवस्था रहेको छ । साथै बीमालेख लिएको मितिले तिन बर्ष पुरा भए पश्चात समर्पण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पुर्याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।

3310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?