जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थमन्त्री पौडेल-आन्दोलनरत उद्योगी व्यवसायीबीचको वार्ता सकारात्मक

अर्थमन्त्री पौडेल-आन्दोलनरत उद्योगी व्यवसायीबीचको वार्ता सकारात्मक

अर्थमन्त्री विष्णु पौडेलले माग सम्बोधन गर्ने आश्वासनपछि उद्योगी व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। बुधबार अर्थ मन्त्रालयमा आन्दोलनरत उद्योगी व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीको माग पूरा गर्ने प्रतिबद्धतासँगै विभिन्न उद्योग वाणिज्य संघको अगुवाइमा हुँदै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको बताइन्। उनी बुधबार अर्थमन्त्री पौडेलसँग वार्ता गर्न उद्योगी व्यवसायीको नेतृत्व गरेकी थिइन्। उद्योगी व्यवसायीको आग्रहमै राणा नेतृत्व गर्दै अर्थ मन्त्रालय गएकी हुन्।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री पौडेलले माग पूरा गर्ने आश्वासन दिएकै कारण आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए। ‘माननीय अर्थमन्त्री पौडेलज्ययूले विज्ञ टोलीसँग छलफल गरेर हाम्रो माग चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो,’ उनले बिजमाण्डूसँग भने, ‘यो प्रतिबद्धतासँगै हामी सबै उद्योग वाणिज्य संघले आन्दोलनका कार्यक्रम तत्कालै स्थगित गर्न तयार भएका हौं।’

रिजालका अनुसार विज्ञसँगको छलफलपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने प्रतिबद्धता अर्थमन्त्री पौडेलले गरेका छन्। चर्को ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगितको माग गर्दै विराटनगर, वीरगंज, भैरहवा र नेपालगंजका उद्योगी व्यवसायीले आन्दोलन गर्दै आएका थिए।

बुधबार भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी थिए। उनले भने केही बोलेनन्। रिजालका अनुसार अर्थमन्त्री पौडेलले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन स्थगित गर्ने संकेत गरेको बताए।

1490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?