
सिद्धार्थ क्यापिटलले असार १६ गते बुधवारदेखि सार्वजनिक निष्कासन गरेको खुलामुखी सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई असार २० गते आइतवारसम्म मात्र विक्रीमा रहने भएको छ ।
क्यापिटलले उक्त योजना सञ्चालनका लागि २ करोड इकाई विक्री गर्न लागेको हो । योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछन् ।
खुला मुखी यस योजनाको कुल इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भैसकेपछि खुद सम्पत्ति मूल्यको आधारमा पुनर्खरीद गर्न सकिनेछ । तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएका इकाई विक्रेता मार्फत दैनिक खुद सम्पत्ति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा विक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर विक्री तथा पुनर्खरीद गरिनेछ ।
प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलनै रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । क्यापिटललकै व्यवस्थापनमा सञ्चालन हुने गरी यो खुलामुखी योजनाको यस इकाई विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट जेठ २७ गते स्वीकृति पाएको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































