जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन्। क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्ड ले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएको छ  । त्यस्तै क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

एन आई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो  । त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो।

4455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर