जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे मुख्य कार्यालय, डिल्लीबजार, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e404a05e8e7.jpg

7925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?