जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • कर्मचारीलाई प्रभु क्यापिटलले दियो लिडरसिप तथा मोटिभेसन तालिम

कर्मचारीलाई प्रभु क्यापिटलले दियो लिडरसिप तथा मोटिभेसन तालिम

प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुलाई १ दिने लिडरसिप तथा मोटिभेसन तालिम दिएको छ । क्यापिटलले आफ्ना कर्मचारीहरुको क्षमता वृत्ति विकास तथा अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम दिएको हो । श्रावण २ गते शनिबार काठमाण्डौको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्र बहादुर गुरुङ्ग तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए । सो तालिम अन्तर्गत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समुहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

6145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका