जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • गभर्नर महाप्रसाद अधिकारीसहित बैंकरसँग छलफल गर्दै अर्थमन्त्री, ब्याजदरबारे चासो

गभर्नर महाप्रसाद अधिकारीसहित बैंकरसँग छलफल गर्दै अर्थमन्त्री, ब्याजदरबारे चासो

अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएका छन् । आइतबार साँझ साढे ५ बजे ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै अर्थ मन्त्रालयबाट बोलावट भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

अर्थ मन्त्रलयको सचिवालेयले पनि ब्याजदर, समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाको बारेमा छलफल गर्न गभर्नर र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको बताएको छ ।

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले १ साउनदेखि भद्र सहमतिको नाममा ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गर्दै बैंकहरुले आफैं ब्याजदर तोक्ने निर्णय गरेको थियो । १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्ने मिति नजिक आउँदै गर्दा गभर्नर समेत राखेर अर्थमन्त्रीले ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै बैंकरलाई बोलाएका हुन् ।

१२.१३३ प्रतिशत पुर्‍याएको निक्षेपको ब्याजदर बैंकहरुले पछिल्लो १ साउनदेखि ९ प्रतिशत भनदा तल झर्दा केही बैंकको मात्रै दोहोरो अंकमा छन् । निजी क्षेत्र संगठित रुपमै ब्याजदर बढी भयो भन्दै लबिङ गर्ने तर, निक्षेपकर्ताको आवाज कमजोर बन्ने अवस्था छ । बजेटको सिफारिस अनुसार राष्ट्र बैंकले ६.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । संस्थागत निक्षेप ब्याजदर कतिपय बैंकहरुमा ७ प्रतिशत भन्दा तल आइसकेको छ । यस्तो अवस्थामा अझै ब्याजदर घटाउनुपर्ने भन्दै निजी क्षेत्रले दबाब बढाउँदा अर्थमन्त्रीले चासो दिएर बैंकर र गभर्नर समेतको उपस्थितिमा छलफल गर्न लागेको हुन् ।

मौद्रिक नीतमिा राष्ट्र बैंकले मुद्रास्फीतिको लक्ष्य अनुसार नीतिगत दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा ल्याएको छ । तर, बैंकदर ७.५ प्रतिशतमा यथावत छ । बैंकरहरु अर्थमन्त्रीले भने पनि निक्षेपको ब्याजदर थप घटाउने अवस्था नरहेको बताउँछन् । बैंकहरुले पनि स्थानीय तहको सञ्चित कोषमा रहेको ५० प्रतिशत निक्षेप गणना गर्न पाउने अवस्थामा ब्याजदर आफैं घट्ने बताउँछन् । तर, कृत्रिम निक्षेप देखाएर बैंकिङ प्रणालीमा दबाब बढाउन उनीहरुले विगतको कमजोरी पुनः दोहोर्‍याउनुपर्ने माग गरेका हुन् ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?