जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकद्वारा हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध

नेपाल बङ्गलादेश बैंकद्वारा हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध

नेपाल बङ्गलादेश बैंककले शेयरधनीलाई नगद लाभांश वितरणको लागि हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले मंसिर २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ३ दशमलव ५० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर कट्टी गरी) वितरणको लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा मंसिर ५ गते देखिनै बैंक खातामा जम्मा भएको जानकारी गराएको छ । हालसम्म पनि आफ्नो शेयर भौतिक रुपमा भएका शेयरधनीले आफुलाई पायक पर्ने निक्षेप सदस्यकोमा सम्र्पक गरी हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश प्राप्त हुनेछ । सोही कारण शेयरधनीले यथाशिघ्र निक्षेप सदस्य कहाँ सम्पर्कराखी  डिम्याट खाता अद्यावधिक गराउनुपर्नेछ । कम्पनीको साधारण सभाले निर्णय गरेको मितीले पाँच वर्षको अवधि समाप्त भएपछि कुनै पनि शेयरधनी बुझिलिन  नआएमा कम्पनी ऐन अनुुसार लगानीकर्ता संमरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । शेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ । 

4470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?