जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • साउनदेखि कृषि तथा पशु बीमा गर्दा ५० प्रतिशत छुट पाइने, अनुदान घट्दा बीमा शुल्क दोब्बरले बढ्यो

साउनदेखि कृषि तथा पशु बीमा गर्दा ५० प्रतिशत छुट पाइने, अनुदान घट्दा बीमा शुल्क दोब्बरले बढ्यो

साउन महिनादेखि  कृषि तथा पशुपन्छी बीमा गर्दा सरकारले कृषकलाई  ५० प्रतिशत अनुदान दिने छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि तथा पशु बीमा गर्दा सरकारले दिदै आएको अनुदानमा २५ प्रतिशत कटौति गरेका थिए ।

यस भन्दा अगाडि कृषकहरुले कृषि तथा पशु बीमा गर्दा ७५ प्रतिशत अनुदान प्राप्त गर्दै आएका थिए । बीमा समितिले कृषि तथा पशु बीमामा सरकारले दिदै आएको अनुदानलाई निरन्तरता दिन सुझाव दिए पनि सरकारले २५ प्रतिशत कटौती गरि ५० प्रतिशत मात्रै दिने भएको हो । यो नियम साउन एक गतेदेखि मात्रै लागु हुन्छ ।

यदि एउटा कृषकले आफ्नो एक लाख बराबरको भौसीको बीमा गर्न चाहेमा ५००० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । प्रायः कम्पनीहरुले पशु तथा कृषि बीमा गर्दा बीमाङ्क रकमको ५ प्रतिशत प्रिमियम लिने गरेका छन् । यसरी एक लाख रुपैयाँ बराबरको भैसीको बीमा गर्नु परेमा वार्षिक ५ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । गएका वर्षमा नेपाल सरकारले उक्त ५ हजार रुपैयाँको ७५ प्रतिशत अर्थात तीन हजार ७५० रुपैयाँ अनुदान उपलब्ध गराउने गरेको थियो । सरकारले तीन हजार ७५० रुपैयाँ प्रिमियम भुक्तानी गरिदिए पछि कृषकले जम्मा १२५० रुपैयाँ मात्रै भुक्तानी गरे पुग्थ्यो । यसमा कतिपय कम्पनीहरुले दुर्घटना बीमा भनेर थप एक सय रुपैयाँ प्रिमियम लिने गरेका छन् । पोलिसी खरिद गर्दा २० रुपैयाँको टिकट पनि खरिद गर्नु पर्ने भएकाले १३७० रुपैयाँ तिरे पुग्थ्यो ।

यस वर्षदेखि ५० प्रतिशत मात्रै अनुदान दिदा, सोहि भैसीको बीमा गर्दा सरकारले २५०० रुपैयाँ मात्रै अनुदान बापत भुक्तानी गरिदिनेछ भने बाँकी २५०० कृषक आफैले तिर्नु पर्ने हुन्छ । अव दुर्घटना बीमाको एक सय रुपैयाँ र टिकट सहित २६७० रुपैयाँ तिर्नु पर्छ ।

यसरी कृषि बीमामा पनि यसरी नै बीमा शुल्क गणना गर्न सकिन्छ । सरकारले ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्दा कृषकले भुक्तानी गर्ने प्रिमियम रकम दोब्बरले बढेको छ ।

6155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका