जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भदौ १५ बाट नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

भदौ १५ बाट नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाण्डौको भृकुटीमण्डमा भदौ १५ गतेदेखि नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एन्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपालको सयुक्त आयोजनामा नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुन लागेको हो।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्याधिक टेवा पुरÞ्याउने उद्देश्यका साथ यो प्रर्दशनीको आयोजना हुनेछ।

भदौ १७ गतेसम्म चल्ने प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको स्टल रहनेछन् । विद्युतीय सवारीलाई प्रवर्द्धधन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, बिद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका