जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अब्बल कहलिँदै शाइन रेसुङ्गा: बन्यो सबैभन्दा धेरै नाफा र प्रतिसेयर आम्दानी बढाउने पहिलो बैंक

अब्बल कहलिँदै शाइन रेसुङ्गा: बन्यो सबैभन्दा धेरै नाफा र प्रतिसेयर आम्दानी बढाउने पहिलो बैंक

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुले १ अर्ब बढी नाफा कमाएका छन् ।

चालु आवको असोज मसान्तसम्ममा राष्ट्रिय स्तरका आठ वटा विकास बैंकहरुले १ अर्ब ९ करोड ७२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका हुन् । तर, यो गत वर्षको सोही अवधिको तुलनामा भने ३०.०७ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकहरुले १ अर्ब ५६ करोड ९१ लाख ४ हजार रुपैयाँ नाफा कमाएका छन् ।

आठ वटा विकास बैंकमध्ये शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ । बैंकले चालु आवको तीन महिनामा २० करोड ९१ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा ४१.९१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकको नाफा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंक प्रतिसेयर आम्दानी बढाउनेमा पनि पहिलो स्थानमा देखिएको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८३ पैसाले वृद्धि भई २२ रुपैयाँ १२ पैसा कायम भएको छ । बैंकको यो आम्दानी गत वर्षको सोही अवधिमा भने १७ रुपैयाँ २९ पैसा रहेको थियो । उक्त अवधिमा बैंकको वितरण याग्य नाफा १ करोड २३ लाख ५२ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी पनि ३२.४५ प्रतिशतले वृद्धि भई ५० करोड २९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा बैंकको खुद संचालन आम्दानी ५३ करोड १० लाख ३९ हजार, संचालन नाफा २९ करोड ८७ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब २८ करोड १७ लाख ७० हजार रुपैयाँ राखेको छ ।

विकास बैंकको नाफा

चालु आवको तीन महिनामा गरिमा विकास बैंकको नाफा पनि ४.८३ प्रतिशतले बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ कायम भएको छ ।

यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने सामान्य सुधार देखिएको छ । गत वर्षको असोज मसान्तमा ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ गरेको बैंकले यस वर्षको सोही अवधिमा भने १.६७ प्रतिशतले मात्रै बढाउन सफल भएको हो ।

चालु आवको तेस्रो महिनामा सबैभन्दा बढी नाफा कामना सेवा विकास बैंकको घटेको छ । गत वर्षको असोज मसान्तमा १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको बैंकको यस वर्षको सोही अवधिमा भने ७६.३५ प्रतिशतले घटेको हो ।

यस वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफा ६६.६७ प्रतिशत, मुक्तिनाथको ११.०४ प्रतिशत, ज्योति विकासको ५४.०५, महालक्ष्मीको ४८.२३ प्रतिशतले घटेको हो ।

कुनको बैंकको प्रतिसेयर आम्दानी कति ?
चालु आव पहिलो त्रैमासमा शाइन रेसुङ्गा बाहेक अन्य बेंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ ।

असोज मसान्तसम्ममा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कामना सेवा विकास बैंकको घटेको छ । गत वर्षको सोही अवधिमा २६ रुपैयाँ ५१ रहेको बैंकको यो आम्दानी यस वर्षको असोज मसान्तसम्ममा भने २१ रुपैयाँ २२ पैसाले घटेको छ ।

यस्तै, उक्त अवधिमा लुम्बिनी विकास बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसाले घटेर ८ रुपैयाँ ६५ पैसा, महालक्ष्मी विकास बैंकको १५ रुपैयाँ ६९ पैसाले घटेर ११ रुपैयाँ ९ पैसा र ज्योति विकास बैंकको १३ रुपैयाँ २८ पैसाले घटेको छ ।

त्यसैगरि चालु आवको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९९ पैसा, गरिमाको ३ रुपैयाँ २३ पैसा र सांग्रिला डेभलपमेन्टको ६१ पैसाले घटेको छ । असोज मसान्तसम्म यी तीन वटै बैंकको प्रतिसेयर आम्दानी क्रमशः २१ रुपैयाँ ७४ पैसा, १६ रुपैयाँ ८४ पैसार ७ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

2075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?