जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सेयरधनीको हात खाली, एनएमबि बैंकका सञ्चालक र सीईओले कति बुझे तलब भत्ता ?

सेयरधनीको हात खाली, एनएमबि बैंकका सञ्चालक र सीईओले कति बुझे तलब भत्ता ?

गत आर्थिक वर्षमा एनएमबि बैंकले सञ्चालकलाई भत्ता बापत ११ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सञ्चालक समितिको अध्यक्षलाई प्रति बैठक भत्ता १८ हजार र सञ्चालकलाई १६ हजार रुपैयाँ दिने गरेको छ ।
गत आवमा बैंकमा सञ्चालक समितिका १५ वटा बैठक बसेको जनाइएको छ ।

सञ्चालक समितिको सदस्यहरुलाई बैंकले टेलिफोन, पत्रिका र मोबाइल खर्चको लागि मासिक भत्ता १२ हजार दिने गरेको छ ।
बैंकको सञ्चालक समितिको अध्यक्षमा पवन कुमार गोल्याण (संस्थापक समुह) अध्यक्ष, निको पिल (एफएमओको तर्फबाट संस्थापक समुह) सञ्चालक, जीवन कुमार कट्वाल (कर्मचारी संचय कोषको तर्फबाट(संस्थापक समुह) योगेन्द्र लाल प्रधान (सर्वसाधारण समुह), उत्तम भ्लोन (सर्वसाधारण समुह), शिरिष कुमार मुरारका (सर्वसाधारण समुह), बन्दना पाठक स्वतन्त्र र प्रदीप राज पाण्डे सञ्चालक रहेका छन् ।

बैंकले गत आवमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब भत्ता बापत २ करोड ४८ लाख १८ हजार ५८९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब मात्रै ९० लाख, सञ्चय कोषमा ९ लाख, भत्ता बापत ८५ लाख, बोनस र वेल्फेयर बापत ६३ लाख ३६ हजार ३९० रुपैयाँ र अन्य शिर्षकमा ८२ हजार १९९ रुपैयाँ भुक्तानी गरेको छ ।

सीईओ पाउने तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर बुझाउनु पर्छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई भने कुनै लाभांश दिएको छैन ।

3815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?