जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • सञ्चालक समितिले सिइओलाई प्रत्यायोजन गरिएको अधिकारको जानकारी बीमा समितिमा पेश गर्नु पर्ने

सञ्चालक समितिले सिइओलाई प्रत्यायोजन गरिएको अधिकारको जानकारी बीमा समितिमा पेश गर्नु पर्ने

बीमा कम्पनीका सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गरेको अधिकारको वारेमा बीमा समितिलाई जानकारी गराउनु पर्ने भएको छ । समितिले कम्पनीहरुलाई घर जग्गा बाहेकको खरिदको अनुमति लिनु नपर्ने व्यवस्था गरे सँगै प्रमुख कार्यकारी अधिकृत र शाखा प्रमुखहरुको जिम्मेवारीको सम्बन्धमा जानकारी लिने भएको छ ।

कतिपय अवस्थामा प्रमुख कार्यकारी अधिकृतहरु निर्णय प्रकृयाँमा स्वतन्त्र हुन्छन् । उक्त अधिकार सञ्चालक समितिले उनिहरुलाई प्रत्यायोजन गरेका हुन्छन् । कतिपय बीमा कम्पनीहरुमा सञ्चालकहरु नै अगाडि सरेर कर्मचारीले गर्ने काम आफैले गरेका छन् । त्यस्तै कतिपय कम्पनीमा सञ्चालक समितिका पदाधिकारीहरुको अधिकार प्रमुख अधिकारी तथा उच्च व्यवस्थापनले प्रयोग गरिरहेका छन् । कितिपय अवस्थामा नीतिगत  रुपमै यस्तो व्यवस्थालाई नियमन गरिए पनि व्यवहार लागु भएको पाइदैन ।

त्यस्तै कतिपय अधिकार प्रमुख कार्यकारी अधिकृतले शाखा प्रमुखहरुलाई प्रत्योजन गरेका हुन्छन् । उक्त प्रत्यायोजन गरिएका अधिकारको जानकारी समितिमा पेश गर्नु पर्ने भएको हो । नयाँ आएका कम्पनीहरुले भने शाखा प्रमुखहरुलाई खासै अधिकार प्रत्योजन गरिएको पाइदैन ।

6830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका