जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • चीनबाट आइपुग्यो ८ लाख डोज ‘भेरोसेल’ खोप

चीनबाट आइपुग्यो ८ लाख डोज ‘भेरोसेल’ खोप

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ।

चीनबाट खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रबार बिहान नेपाल आइपुगेको हो। बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।

सरकारले खरिद गरेको खोप शुक्रबार बिहानै आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए।

उनले पहिलो चरणमा आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए। सरकार र खोप कम्पनीबीच नन् डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन।

अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउने बताइएको छ। यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ मा फर्कनेछ। यसैगरी साउन ७ मा पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने तालिका छ।

उनले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिएको जानकारी दिए। मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ।

खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ। कुल जनसंख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ। नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ।

6790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?