जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थमन्त्री आफैं बसे लगानीकर्तासँग छलफलमा, बजेटमा व्यवस्था भएको कर नलाग्ने

अर्थमन्त्री आफैं बसे लगानीकर्तासँग छलफलमा, बजेटमा व्यवस्था भएको कर नलाग्ने

आन्दोलनरत लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयरको कर सम्बन्धमा सरकार लगानीकर्ताको पक्षमा रहेको बताएका छन्। सरकारले बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरुको आम्दानीमा कर लगाउने व्यवस्था गरेको थियो। यो व्यवस्थाले सेयर बजार ओरालो लागेको थियो। लगानीकर्ताले पनि आन्दोलन थालेका थिए।

अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल थालिएको थियो। छलफलमा अर्थमन्त्री महत आफैं पनि उपस्थित भएका थिए।

उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको बताएका थिए। उनले कसैलाई पनि प्यानिक नहुन आग्रह गरेका छन्। मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कर नलाग्ने जनाएको हो।

अर्थमन्त्रीले अहिले कर प्रस्ताव गरिएको भन्दै त्यसलाई संसदबाट पारित हुनुअघि नै संशोधन गरिने बताए। बजेटमा ब्यवस्थापछि सेयर बजार निरन्तर ओरालो लागेको थियो।

लगानीकर्ताले चर्को आलोचना गरेपछि आन्तरिक राजस्व विभागले दुई पटक विज्ञप्ति निकाल्दै प्रष्टीकरण दिन खोजेको थियो। विभागले घुमाउरो पारामा कर उठाउने कुरा गरेको थियो।

लगानीकर्ताले सरकारविरुद्ध आन्दोलन गर्न सेयर कारोबार गर्ने प्रणाली नै बन्द गराउन थालेपछि अर्थमन्त्रालयले वार्तामा डाकेको थियो। वार्तामा अर्थमन्त्रीले लगानीकर्ताको माग पुरा गर्ने विश्वास दिलाएका हुन्।


1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका