जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा थप २४.२३ प्रतिशतले बृद्धि भएको छ । संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै जगेडा कोष पनि १९.६९ प्रतिशतले बृद्धि भएको छ । जगेडा कोषमा ३४ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी भने १८ करोड १० लाख रुपैयाँ मात्रै छ । संस्थानले बीमा समितलाई अटेर गर्दै नियामकीय पूँजी जुटाएको छैन ।

संस्थाले गत वर्ष खुद बीमा शुल्क आर्जन ७.३२ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन ७ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यहि अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ थियो ।

संस्थानको दिर्घकालिन लगानी तथा कर्जा मात्रै २१ प्रतिशतले बृद्धि भएको छ । यस्तो लगानी १० अर्ब ९३ करोड रुपैयाँ छ । बीमितले आफ्नो बीमालेख धितोमा राखेर प्राप्त गर्ने कर्जा भने ६६ प्रतिशतले बृद्धि भएको छ । बीमितले यस्तो कर्जा एक अर्ब ४३ करोड रुपैयाँ लिएका छन् ।

विभिन्न क्षेत्रमा गरिएको लगानीबापत २ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ । आम्दानी बढे पनि खुद मुनाफा भने ४.७१ प्रतिशतले घटेको छ । यस अवधिमा संस्थाले ५ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यस वर्ष दाबी भुक्तानी पनि १३.६७ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले तीन अर्ब १९ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ताले प्राप्त गर्ने कमिसन पनि यस वर्ष ४२ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताले २६ करोड ८८ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

3335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका