जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकको २४ लाख कित्ता डिबेन्चर नेप्सेमा सूचीकृत

नेपाल एसबिआई बैंकको २४ लाख कित्ता डिबेन्चर नेप्सेमा सूचीकृत

नेपाल एसबिआई बैंकको २४ लाख कित्ता ऋणपत्र (डिबेन्चर) दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) र बैंकबीच शुक्रबार सूचीकरण सम्बन्धि सम्झौता भएको हो।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २४ लाख १ हजार ४ सय ८२ कित्ता ऋणपत्र बिक्री खुलाएको थियो। बैंकको सो ऋणपत्रको ५ वर्षमा परिपक्व हुनेछ। बैंकले ऋणपत्रबापत बर्सेनि १०.२३ प्रतिशत ब्याज दिनेछ।

शुक्रबार सूचीकृत डिबेन्चर आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। नेप्सेले डिबेन्चरलाई एसबिआइडी ८३ को कारोबार सिम्बोल दिएको छ। बैंकले ऋणपत्र निष्कासन तथा बिक्रीको प्रबन्ध मिलाउन सानिमा क्यापिटललाई नियुक्त गरेको थियो।

4840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका