जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफा २ अर्ब भन्दा बढिः पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साइन रेसुङ्गा विकास बैंक, चौथोमा लुम्बिनी विकास बैंक

विकास बैंकहरुको नाफा २ अर्ब भन्दा बढिः पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साइन रेसुङ्गा विकास बैंक, चौथोमा लुम्बिनी विकास बैंक

नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ महिनामा २ अर्ब बढि नाफा कमाएका छन् भन्दा अब फरक पर्दैन । ५ महिनाको अवधीमा सबैभन्दा बढी नाफा सदाबहार कमाउँदै आएको मुक्तिनाथ विकास बैंकले यस पटक पनि कमाएको छ । दोस्रोमा गरिमा विकास बैंकले नाफा कमाएको छ यस बैंकको सीइओमा दक्ष एवं अनुभवी बैंकर एवं पूर्व डेभलपमेण्ट बैंकर्स एशोसियशनका अध्यक्ष गोविन्द प्रसाद ढकाल छन् भने तेस्रोमा साइन रेसुङ्गा विकास बैंकले नाफा कमाएको छ । चौथोमा यसपटक लुम्बिनी विकास बैंकले नाफा कमाएको देखिन्छ ।

राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब बढी नाफा कमाएका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले मंसिर मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको भेटिएको छ । कात्तिकसम्म बैंकहरुको नाफा १ अर्ब ५४ करोड रुपैयाँ मात्रै थियो । कात्तिकको तुलनामा मंसिरमा विकास बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँले बढी हो । भन्दा फरक पर्दैन । यो अवधिमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मंसिरसम्म बैंकले ४५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कात्तिकमा यस्तो नाफा ३१ करोड ६० लाख रुपैयाँ रहेको भेटिएको छ ।

राष्ट्र बैंकका अनुसार धेरै नाफा कमाउनेमा साइन रेसुंगा विकास बैंकलाई उछिन्दै गरिमा विकास बैंक दोस्रो स्थानमा उक्लेको छ । गरिमा विकास बैंकले मंसिरसम्म ३८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । साइन रेसुंगाले ३० करोड २० लाख नाफा आर्जन गरेर तेस्रो नम्बरमा रहेको देखिन्छ । कात्तिकमा २४ करोड नाफा गरेको गरिमा विकास बैंकलाई पछि पार्दै साइन रेसुंगा २५ करोड नाफा कमाएर दोस्रो स्थानमा रहेको थियो । मंसिरमा गरिमा अगाडि देखिएको हो । भन्दा फरक पर्दैन ।
यस्तै लुम्बिनी विकास बैंकले २१ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले १९ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । कामना सेवा विकास बैंकले १९ करोड ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सचेत भया ।

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?