जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जाँदा जाँदै भोली साँझ ७ बजे अध्यक्ष गौतमले बोलाए हिमालयन बैंक सञ्चालक समितिको बैठकः भोली नै राजीनामा दिएर थापालाई अध्यक्ष बनाउने तयारी ?

जाँदा जाँदै भोली साँझ ७ बजे अध्यक्ष गौतमले बोलाए हिमालयन बैंक सञ्चालक समितिको बैठकः भोली नै राजीनामा दिएर थापालाई अध्यक्ष बनाउने तयारी ?

अर्थमन्त्रालयले शुक्रबार नै कर्मचारी सञ्चय कोषका अध्यक्ष तुलसी गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको सुइको पाएपछि हिमालयन बैंक मर्जर गराउने ठेक्का लिएका अध्यक्ष तुलसी गौतमले सरकारी विदाको मौका छोपी आईतवार साँझ ७ बजे बैंक सञ्चालक समितिको बैठक बोलाएका छन् ।

गत शुक्रबार नै उनीलाई अर्थमन्त्रालयले कर्मचारी सञ्चयकोषबाट हटाएको पत्र तयार भएपनि अर्थमन्त्रालयले उनीलाई विदाको कारण पत्र दिन नपाएको अर्थमन्त्रालय उच्च स्रोतले पंक्तिकारलाई दाबी गर्यो ।

हिमालयन बैंकको सञ्चालक समितिको बैठक विदाको दिन नै बोलाएर बैंककै सञ्चालक समिति सदस्य एवं नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापालाई अध्यक्ष बनाउने र मर्जर सफल बनाउने योजना गौतमको रहेको खुलेको छ ।

बहुचर्चित बीग मर्जर भनिएको एउटै परिवारको शेयर रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउन करिब/करिब १० करोड उठाएर शक्ति केन्द्रलाई बुझाएका हिमालयन बैंकका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसी गौतमलाई कोषको प्रमुख प्रशासकबाट हटाउने निर्णय अर्थमन्त्रायले गरे पछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक विदाको दिन नै बोलाएर बैंककै सञ्चालक समिति सदस्य एवं नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापालाई अध्यक्ष बनाउने र मर्जर सफल बनाउने योजना गौतमको रहेको खुलेको छ ।

सिभिल बैंकका संस्थापक इच्छाराम तामाङकी श्रीमतीको १ लाख कित्ता शेयर खरिद गर्दा गौतमले ८ करोड भन्दा बढि घोटला गरेको फेला परेको छ । प्रति शेयरमा ८ रुपैया बढाएर घोटला गरेको कर्मचारी सञ्चयकोषका एक सञ्चालकले दाबी गरे ।

हिमालयन बैंकलाई जसरी पनि नेपाल इन्भेष्टमेण्ट बैंकसंग मर्जर गराउन विदेशी हविब बैंकका प्रतिनिधी र अन्य मेजर प्रोमोटर शेयरधनीहरुलाई पाखा लगाउदै अध्यक्ष गौतमले राजनीतिक व्यक्तित्व सुनिल बहादुर थापालाई अध्यक्ष बनाउने र आफू विदा हुने योजना पछाडी ठूलो मर्जरको पैसाको चलखेल छ भन्दा अब चाहि फरक पर्दैन । भनिन्छ हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकलाई मर्जर गराएर अर्को सिभिल बैंक भित्र्याउने योजना अनुसार नै कर्मचारी सञ्चयकोषले सिभिल बैंकका संस्थापक इच्छाराम तामाङकी श्रीमतीको १ लाख कित्ता शेयर किनेको थियो । यो शेयर खरिद गर्दा गौतमले ८ करोड भन्दा बढि घोटला गरेको फेला परेको छ । प्रति शेयरमा ८ रुपैया बढाएर घोटला गरेको कर्मचारी सञ्चयकोषका एक सञ्चालकले दाबी गरे ।

हिमालयन बैंकका सीइओ अशोक राणा, नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेका साला हुन् । मर्जर भए भिनाजु अध्यक्ष र साला सीइओ हुने सहमती नै भएको छ । त्यसैले बैंक भित्र कस्तो कर्पोरेट सुशासन होला । यस बारेमा नेपाल राष्ट्र बैंक किन बोल्दैन । कारण हो दान दक्षिणा भन्दा अब चाहि फरक पर्दैन ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मात्रै होइन सिभिल बैंक समेतलाई मर्जर गराउन ठूलो धनरासी उठाएका गौतमले आफ्नो अनुकुलको मान्छे हिमालयन बैंकको अध्यक्षमा थापालाई ल्याई पैसा पचाउने प्रपञ्च बनाएको देखिन्छ ।
भनिन्छ हिमालयन बैंकका सीइओ अशोक राणा, नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेका साला हुन् । मर्जर भए भिनाजु अध्यक्ष र साला सीइओ हुने सहमती नै भएको छ । त्यसैले बैंक भित्र कस्तो कर्पोरेट सुशासन होला । यस बारेमा नेपाल राष्ट्र बैंक किन बोल्दैन । कारण हो दान दक्षिणा भन्दा अब चाहि फरक पर्दैन ।

शुक्रबार नै कर्मचारी सञ्चयकोषको प्रमुख प्रशासकबाट सरकारले हटाएको सुनिल बहादुर थापा मार्फत पद जोगाउन लागेका गौतम असफल भएपछि भोलीको हिमालयन बैंकको बोर्ड बैठकमा अध्यक्षबाट राजीनामा दिई थापालाई अध्यक्ष मर्जर हुन्जेल बनाउने उच्च स्रोतले पंक्तिकरसंग बतायो ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको निगामा कोष प्रमुख भएका गौतमले पद जोगाउन दर्जनौ कानुन विपरित काम गरेको हामीले समाचार पटक/पटक प्रकाशन गरेका थियौ ।

आर्थिक बजार न्यूजडटकमले कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासकले गरेका बदमासी र घोटला काण्डहरु उठाएपछि उनीलाई सरकारले सो पदबाट हटाउने निर्णय गरेको अर्थमन्त्रालय उच्च स्रोतको दाबी छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको निगामा कोष प्रमुख भएका गौतमले पद जोगाउन दर्जनौ कानुन विपरित काम गरेको हामीले समाचार पटक/पटक प्रकाशन गरेका थियौ । सचेत भया ।

 

14560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका