जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेको इन्स्योरेन्सले गर्‍यो कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया

नेको इन्स्योरेन्सले गर्‍यो कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया

देशको निर्जीवन बीमा बजारमा विगत ३० वर्ष देखि सेवा पुर्‍याउँदै आएको नेको इन्स्योरेन्सले सरकारको प्राथमिकतामा रहेको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।  नेपाल बीमा प्राधिकरण र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कम्पनीले केही वर्ष अघि “नेकोको अभियान – कृषिमा योगदान” कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी बीमा कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपाल कृषि प्रधान देश भएकोले कृषकहरूको कृषि तथा पशुपन्छी बीमा गर्ने सन्दर्भमा आइपरेका समस्याहरूको बारेमा कम्पनीका कर्मचारीहरूको भोगाइको बारेमा नेपाल बीमा प्राधिकरण र कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरूले सो समस्या समाधानका उपायहरू प्रस्तुत गरेको थियो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षता र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ र नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निशा घिमिरेले कम्पनीबाट राखिएका विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए ।

 

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्