जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआरएनएको सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय समिति गठन, अध्यक्षमा परराष्ट्र मन्त्री

एनआरएनएको सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय समिति गठन, अध्यक्षमा परराष्ट्र मन्त्री

आगामी कात्तिक ६ देखि काठमाडौंमा हुने काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघ(एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ,  उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधि छन्।

मन्त्रिपरिषद् बिस्तार नगरेकाले हाल परराष्ट्र मन्त्रीको कार्यभार पनि प्रधानमन्त्री शेरबहादुर देउवासँगै छ। प्रवासमा रहेका नेपालीलाई मुलुकमा लगानीका लागि प्रोत्साहित गर्न सम्मेलन आयोजनामा सरकारले सघाउने गरेको छ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको आर्थिक-सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने तीनदिने सम्मेलन यसअघि २०७६ असोज अन्तिम साता काठमाडौंमा भएको थियो।

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका