जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बैंकिङ प्रणालीको अतिरिक्त तरलता खिच्न राष्ट्र बैंकले ल्यायो २५ अर्बको ऋणपत्र

बैंकिङ प्रणालीको अतिरिक्त तरलता खिच्न राष्ट्र बैंकले ल्यायो २५ अर्बको ऋणपत्र

बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको ऋणपत्र निष्कासन गरेको छ।

राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ जारी गर्दै बैंकहरुलाई अनलाइनमार्फत बोलकबोल पेस गर्न आह्वान गरेको छ।

ऋणपत्रमा लगानीका लागि बैंकहरुले अपराह्न २ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। बैंकले ऋणपत्रमा गरेको लगानीको ब्याजदर ६/६ महिनामा पाउनेछन्। ब्याजदर बोलकबोलबाट तय हुनेछ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि दीर्घकालीन उपकरणको रुपमा ऋणपत्र निष्कासन गर्छ। यसअघि राष्ट्र बैंकले १ वर्षे अवधिका लागि २५ /२५ अर्ब रुपैयाँ खिच्न ऋणपत्र ‘क’ र ‘ख’ जारी गरेको थियो।

गत बुधबार निष्कासन गरेको ऋणपत्रमा बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ लगानीका लागि आवेदन दिएका थिए।

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका