जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मिर्मिरे लघुवित्तले एक वर्षमा कमायो करिब २१ करोड नाफा

मिर्मिरे लघुवित्तले एक वर्षमा कमायो करिब २१ करोड नाफा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २० करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ८ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा १९ करोड २७ लाख रूपैयाँभन्दा बढी थियो ।

गत वर्ष सञ्चालन नाफा भने १५ दशमलव ४४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष २८ करोड ६२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३३ करोड ४ लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम ७९ दशमलव ७१ प्रतिशत बृद्धि भई ४५ करोड १९ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले २५ दशमलव ४० प्रतिशत बढी ५ अ र्ब ६७ करोड ४० लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ३३ दशमलव १२ प्रतिशत बढी ८ अर्ब ८३ करोड ४९ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।

कम्पनीको निक्षेप संकलन भने ४५ दशमलव ५९ प्रतिशत बढी २ अर्ब ७४ करोड २३ लाख रूपैयाँभन्दा बढी भएको छ । अघिल्लो वर्ष १ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६५ प्रतिशतमा झरेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ रूपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रूपैयाँ ५६ पैसा छ ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका