जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमाको पहुँच २६.८९ प्रतिशतमा पुग्यो

बीमाको पहुँच २६.८९ प्रतिशतमा पुग्यो

बीमा समितिले बीमा क्षेत्रको २०७८ साउन महिनासम्मको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नेपालमा २६.८९ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ ।  

समितिले सार्वजनिक गरेको विवरण अनुसार २०७८ साउन मसान्तसम्ममा जीवन बीमालेख ८० लाख ९ हजार ६३४ वटा जारी भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बीमालेखको सङ्ख्या वृद्धि भएको हो ।

त्यस्तै, वैदेशिक रोजगारमा जानेहरूको बीमालेख भने ३२.९० प्रतिशतले कमी आएको छ । २०७८ साउन मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख ५ लाख ७७ हजार ४१० वटा जारी भएका छन् । उक्त बीमालेख अघिल्लो वर्ष २०७७ साउन मसान्तसम्ममा ८ लाख ६० हजार ५१९ वटा जारी भएका थिए । 

वैदेशिक रोजगार बीमा (म्यादी) बीमालेख र जीवन बीमालेख २०७८ साउन मसान्तसम्ममा ८ लाख ५८ हजार ७४४ वटा जारी भएको बीमा समितिले जारी गरेको विवरणमा उल्लेख छ । त्यस्तै, सो अवधिमा जीवन बीमाशुल्क एक खर्ब ६६ करोड १० लाख प्रिमियम बापत बीमा कम्पनीहरुले बीमा शुल्क उठाएका छन् । सो रकम अघिल्लो साउन मसान्तसम्मको भन्दा २७.३८ प्रतिशतले बढी हो । 

त्यसैगरि, निर्जीवन बीमा कम्पनीहरुले २०७८ साउन मसान्तसम्ममा दुई लाख ४१ हजार ८३७ वटा बीमालेख जारी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो साउन मसान्तभन्दा ०.१७ प्रतिशतले बीमालेख बढी बिक्री गरेका छन् । 

निर्जीवन बीमा कम्पनीहरुले २०७८ साउन मसान्तसम्ममा बीमाशुल्कबापत १०.७४ प्रतिशत बढी उठाएका छन् । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । 

2050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?