जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको आग्रह

शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको आग्रह

डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको छ ।

शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेड तथा कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट डिम्याट खाता नविकरण शुल्क तिर्न सक्ने क्यापिटलले जनाएको छ ।

त्यसैगरी मेरो शेयर लिगेका ग्राहकहरुले सेवा सुरु गरेको १ वर्षभित्र नविकरण गनुपर्ने र नविकरण नगरेमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।

6115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका