जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन कुमार थापा नियुक्त भएका छन्। यसअघि कोषको कोषाध्यक्षका रूपमा भूमिका निर्वाह गरिरहेका थापालाई नेपाल सरकारको प्रधानमन्त्री स्तरीय निर्णयबाट बिहीबार नियुक्त गरिएको हो। 

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.१३ बमोजिमको उनलाई सदस्य-सचिव पदमा चार वर्षका लागि मनोनयन गरिएको हो ।

उक्त पदमा मनोनयन भएपछि प्रतिक्रिया दिँदै थापाले आफू पशुपति क्षेत्र विकास कोषको उद्देश्य प्राप्तिमा दत्तचित्त भएर लाग्ने बताए।  उनले भने, “म मेरो यो कोषसँगको लामो आवद्द्ताका आधारमा निर्माण भएको अनुभवलाई पूर्ण रूपमा सदस्य सचिवको हैसियतले उपयोग गर्ने छु।” 

ललितपुर गोदावरीका थापाले यसअघी कोषका सदस्य सचिव रहेका डा. प्रदीप ढकालको जिम्मेवारीलाई पुरा गर्ने छन्।

5210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?