जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले एफवानसफ्टसँगको सहकार्यमा डिजिटल बैंकिङ थप परिष्कृत गर्‍यो

लक्ष्मी सनराइज बैंकले एफवानसफ्टसँगको सहकार्यमा डिजिटल बैंकिङ थप परिष्कृत गर्‍यो

लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङको आवश्यकतालाई सम्बोधन गर्न डिजिटल बैंकिङ सेवा ओरेन्जएनएक्सटी सुरु गरेको छ। एफवानसफ्ट ग्रुपअन्तर्गत फोनएनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्य रूपान्तरणको महत्वपूर्ण कदम भएको बैंकले जनाएको छ।

‌ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्ने बुझिएको छ। जसबाट खाता खोल्ने, मुद्दती खाता, गोल बेस्ड डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका सुविधाहरु पाइने बैंकले जनाएको छ। ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउने विश्वास बैंकको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङ परिदृश्यको रूपान्तरणमा ओरेन्जएनएक्सटी कोशेढुंङा साबित हुने बताउँछन्। परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानान्तर रूपमा विकास गर्दै ओरेन्जएनएक्सटीमार्फत बैंकिङ सेवा नपुगेका र डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।

फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ओरेन्जएनएक्सटी विकास गरिएको बताए।

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका