जोडिनुहोस
शनिबार, चैत्र ८, २०८१
शनिबार, चैत्र ८, २०८१
  • होमपेज
  • १५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

१५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रू. १५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा गत असार २३ गते निष्कासन गरिएको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

 ५ वर्षे अवधिको २०८३ “ङ” नामको उक्त ऋणपत्रको व्याजदर ४ दशमलव ३७ प्रतिशत रहेको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी जारी गरिएको उक्त ऋणपत्रको साँवा भुक्तानी भने २०८३ साल असार २३ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

7015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका